भोटेकोशी बाढी : वैज्ञानिक कारण, जलवायु परिवर्तन, असर र सरकारको भूमिका by Abhimanyu Management
भोटेकोशी बाढी : वैज्ञानिक कारण, जलवायु परिवर्तन, असर र सरकारको भूमिका
२०८३
भदौ १०, बिहान ८:४० बजे भोटेकोशी
बाढी लाङटाङ
लिरुङको उत्तरी भेगमा चट्टानसहितको हिमनदी र हिमनदीजन्य चट्टानी पहिरो खसी
ल्हेन्दे खोला थुनिएर अस्थायी ताल बनेको र पछि सो ताल फुट्दा आएको विनाशकारी विपद्
हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार रसुवामा १८५ नुवाकोटमा १९९ धादिङमा ७० गोरखामा ७७ तनहुँमा ३८ चितवनमा ३६४ नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका, उपचारका क्रममा २ जनाको काठमाडौंमा मृत्यु भएको, मृत्यु हुनेमध्ये १,३८६ जनाको शव फेला परेको, १०४ शवको मात्र सनाखत भई परिवारले बुझिलिएका, ५,१३० जना सम्पर्कविहीन, १३,७२८ जनाको उद्धार गरिएको, ३३९ जना १९ अस्पतालमा उपचाररत,३७ वटा होल्डिङ सेन्टरमा ३,७६१ जना मध्ये रसुवामा ८३९ नुवाकोटमा २,५८७ र धादिङमा ३३५ जनाले आश्रय लिइरहेका छन् ।
वैज्ञानिक कारण: उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिउँ/हिमनदी पग्लने, हिमताल फुट्ने भई एकैपटक ठूलो मात्रामा पानी तलतिर आई भूकम्प, कमजोर चट्टान तथा भारी वर्षाका कारण पहिरोले नदी थुनी अस्थायी ताल फुट्दा अचानक ठूलो बाढीको लहर छोटो समयमा तल्लो क्षेत्रमा प्राकृतिक रूपमा पानी फैलिने ठाउँ घट्छ, जसले सडक, बस्ती, पुल तथा अन्य संरचनामा क्षति बढाउँछ।
असर: मानिसको मृत्यु, घाइते तथा विस्थापन, घर, विद्यालय, स्वास्थ्य संस्था र सरकारी संरचनामा क्षति ,सडक, पुल र विद्युत् आयोजनामा क्षति, कृषि भूमि, पशुधन र स्थानीय व्यवसायमा असर, सीमा नाका तथा चीन–नेपाल जोड्ने यातायातमा अवरोध, जलविद्युत् आयोजनाको उत्पादन र संरचनामा जोखिम, नदी किनारका बस्तीमा दीर्घकालीन पुनर्वासको आवश्यकता, पहिरो र नदी कटानका कारण थप जोखिम सिर्जना
सरकारको भूमिका: वर्षा, नदीको जलस्तर, हिमताल र पहिरोको वास्तविक–समय निगरानी गरी स्थानीय तहसम्म
चेतावनी पुर्याउने, बाढी, पहिरो र GLOF सम्भावित क्षेत्र पहिचान गरि अनियन्त्रित बस्ती तथा पूर्वाधार निर्माण रोक्ने, पुल, सडक, जलविद्युत्
आयोजना र बस्ती निर्माण गर्दा भविष्यको चरम बाढीलाई समेत डिजाइनमा
समेट्ने, स्थानीय सरकारलाई उद्धार सामग्री, तालिम, आपत्कालीन सञ्चार र सुरक्षित आश्रयस्थल उपलब्ध गराउने, हिमनदी, हिमताल, वर्षाको ढाँचा र नदी प्रणालीमा भइरहेको परिवर्तनको
वैज्ञानिक अध्ययन र दीर्घकालीन योजना बनाउने, भोटेकोशीको माथिल्लो
जलाधार चीनतर्फ पनि पर्ने भएकाले बाढी तथा हिमतालसम्बन्धी
सूचना आदानप्रदान गर्ने, क्षति भएपछि तत्काल राहतसँगै
सुरक्षित स्थानमा पुनर्निर्माण गर्ने, जोखिमयुक्त
ठाउँमा पुरानै संरचना दोहोर्याएर नबनाउने।
Comments
Post a Comment